पोखरा: बसमा सवार महिलाको घाँटिबाट सिक्री लुट्ने २ जना पक्राउ
पाेखरा | असार २७, २०८२
पोखरा: पोखरामा बसमा सवार महिलाले घाँटिमा लगाएको सुनको सिक्री चोरी गरी फरार रहेका २ जना काठमाडौंबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ घर भइ हाल काठमाडाैं गोकर्णेश्वर नगरपापालिका ४ बस्ने वर्ष २८ को अन्जन तामाङ र वर्ष ३२ को सुरेश तामाङ रहेका छन् ।
प्रहरीका अनुसार २९ चैत्र २०८१ मा साँझ सवा ५ बजे अम्मरसिंह चोकबाट लेखनाथ तर्फ जाँदै गरेको बसमा सवार एक जना महिलाले घाँटिमा लगाएको २ तोलाको सुनको सिक्री पोखरा महानगरपालिका १० शिवचोक पुग्दा सोही बसमा सवार उनीहरुले उक्त सिक्री चोरी तथा लुटपाट गरी फरार रहेका थिए ।
उक्त सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी परिचालन भई अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न उनीहरुलाइ यही असार २५ गते बुधबार जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंको सहयोगमा काठमाडौं ४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

